June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

मलामी लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा १६ जना घाइते

पर्वत, पर्वतमा मलामी लिएर फर्कदै गरेको जिप दुर्घटनाग्रस्त भएको छ । पर्वतको खौला (कुस्मा नगरपालिका–१३)बाट मलामी लिएर कुस्मातर्फ आउँदै गरेको जिप शुक्रबार बिहान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १६ जना घाइते भएका छन् ।

पर्वत प्रहरीका अनुसार ग २ च ५२१३ नम्बरको डबल क्याबको महिन्द्रा जिप कुस्मा–१० पिपलटारीको सिमखेतमा दुर्घटनाग्रस्त भएको हो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने अन्य १२ जनाको सामान्य रहेको पर्वत प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक मनीष श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार सबै घाइतेको पर्वत अस्पतालमा उपचार भइरहेको छ । यस्तै प्रहरीका अनुसार पर्वत अस्पतालमा मिर्गाैलाको डायलाइसिस गराइरहेका कुस्मा–१३ का विष्णु परियारको निधनपछि उनका छिमेकीहरू कुस्मातर्फ आउँदै गर्दा करिब साढे ९ बजे जिप पल्टिएको हो ।

जिप चालक कुस्मा–१२ का २२ वर्षीय अनिनाथ परियारलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको