June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

सीमावर्ती क्षेत्रमा मदिरा पसल पुरानै शैलीमा सञ्चालन

सर्लाही, नेपाल भारत सीमा नाका नजिकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन् ।

सर्लाहीमा भारतसँग सीमा जोडिएको ५१ किलोमिटर सीमा क्षेत्र रहेको छ । सबैजसो सीमावर्ती क्षेत्रमा मदिरा पसल भने पहिलेकै अवस्थामा सञ्चालन भइरहेका छन् । पछिल्लो समय सीमा क्षेत्रमा थुप्रै स–साना मदिरा पसल सञ्चालनमा समेत आएका छन् ।

यता, दैनिक रुपमा मादक पदार्थ सेवन गर्न मानिसहरु नेपालतर्फ आउने गरेको भन्ने गुनासोका आधारमा पछिल्लो समय सीमा क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।

भारतको विहार राज्यमा मदिरा बिक्री वितरणमा रोक लागेपछि भारतीय नागरिकसमेत मदिरा पिउन नेपाली बजारमा आउने गर्दछन् ।

हाल छिमेकी मुलुक भारतमा दिनहुुँजसो कोरोना सङ्क्रमितको नयाँ रेकर्ड कायम भइरहेको जोखिमपूर्ण अवस्थामा मदिरा सेवन गर्न मानिसहरु नेपालतर्फ आउनाले यसको जोखिम नेपालमा झन् बढेको छ ।

यसरी भीडबाट भाइरस सर्ने जोखिम धेरै भएकाले आवतजावतमा रोक लगाइनुपर्ने सीमा क्षेत्रका बासिन्दाको गुनासो छ ।

शीर्ष समाचार

धेरै पढिएको