June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

डोटीमा कोरोना सङ्क्रमणबाट ३० वर्षीय पुरुषको

डोटी, डोटीमा कोरोना सङ्क्रमणबाट आज एक कर्मचारीको मृत्यु भएको छ । सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताएका छन् ।

उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनियर पदमा कार्यरत रहेको प्रहरी स्रोतले जनाएको छ । केही दिन पहिले कोरोना परीक्षण गर्दा उनको पिसिआर पोजेटिभ देखिएको थियो ।

जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाका अनुसार
उनलाई स्वास्थ्यमा थप समस्या भएपछि यहीँ वैशाख २२ गते जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो । यस्तै उनको शव नेपाली सेनाले आजै अन्त्येष्टि गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको