June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

लोकप्रिय गायक प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा निधन

काठमाडौं, लोकप्रिय गायक प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो ।

उनका भतिज मञ्जुकुमार प्रधानका अनुसार १२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोभिड संक्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको हो । प्रधानका दुई छोराहरु अमेरिकामा छन् ।

प्रेमध्वजका ‘घुम्तीमा नआउ है’, ‘पर लैजाउ फुलहरु’, ‘नमान लाज यस्तरी’जस्ता दर्जनौं लोकप्रिय गीत छन् । प्रधानले नेपाल भाषाको गीत पनि गाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको