June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

मकवानपुरमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर, मकवानपुरमा गत २४ घण्टा यता थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार संक्रमण पुष्टि हुनेमा ३२ जना महिला र ३६ जना पुरुष रहेका छन् ।

कूल ९७ जनाको पिसिआर र एन्टिजेन प्रविधिबाट परीक्षण गर्दा हेटौँडा उपमहानगरपालिकाको ५९ जना, थाहा नगरपालिकाको ३ जना महिला र २ जना पुरुष गरी ५ जना र मनहरी गाउँपालिकाको ३ जना महिला र १ जना पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको हो । 

वडागत रुपमा हेटौडा उपमहानगरपालिकाको वडा नम्वर ४ मा सबैभन्दा बढी १० जना महिला र १२ जना पुरुष गरी २२ जना, हेटौँडा ५ मा ३ जना महिला र ६ जना पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै हेटौँडा १ का २ जना, हेटौँडा २ का १ जना, हेटौँडा ३ का १ जना, हेटौँडा ७ का २ जना, हेटौँडा ८ का ३ जना, हेटौँडा ९ का ४ जना, हेटौँडा १० का १ जना, हेटौँडा ११ का २ जना, हेटौँडा १२ का २ जना, हेटौँडा १३ को १ जना, हेटौँडा १४ को १ जना हेटौँडा १७ को १ जना, हेटौँडा १९ को २ जना र हेटौँडा वडा खुल्न नसकेको ५ जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको