June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

कोरोना फैलिन सक्ने भन्दै कैदिबन्दीसँगको भेटघाटमा रोक

सिरहा, विश्वव्यापी महामारी कोरोना सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ ।

कारागार बाहिरबाट आएका व्यक्तिहरुसँगको भेटघाट र दिने सामाग्रीहरुबाट सङ्क्रमण फैलिन सक्ने भन्दै तत्कालका लागि भेटघाटमा रोक लगाएको कारागार प्रशासनले जनाएको छ ।

कारारगार प्रमुख बबिता महतोका अनुसार जिल्लामा दिनप्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएकाले भेट्न आउने कैदीबन्दीको आफ्न्तको माध्यमबाट कारागारभित्र पनि सङ्क्रमण फैलन सक्ने भएकाले तत्काललाई भेटघाटमा रोक लगाइएको हो ।

भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत भित्र ल्याउन रोक लगाइएको कारागार प्रमुम महतोले बताए । बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी भएको बाहेक अन्य कैदीबन्दी नपठाउन आग्रह गरिएको प्रमुख महतोको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको