June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

न्याय क्षेत्रका १६१ जनामा कोरोना संक्रमण

काठमाडौं, विश्वव्यापी महामारी कोरोना संक्रमणको दोस्रो भेरियन्ट फैलिरहेका बेला स्वास्थ्य मापदण्ड अपनाएर उच्च सतर्कताकाबीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र महामारीकै कारण सबै अदालतमा सेवा कटौती गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले बताएका छन् ।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गरिसकेको छ ।

अदालतले सो अवधिमा बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित रिट निवेदनबाहेक अरु सुनुवाइ नगर्ने निर्णय गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको