June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण

काठमाडौं, प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् ।

सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ । योसँगै प्रतिनिधिसभाका कूल ११ सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको