March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

सिन्धुपाल्चोकको ९ स्थानीय तहमा निषेधाज्ञा जारी

सिन्धुपाल्चोक, विश्वव्यापी महामारी कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा बढेसँगै सिन्धुपाल्चोकका नौ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीन नगरपालिकासहित ६ गाउँपालिकामा निषेधाज्ञा गरेको हो ।

चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका, भोटेकोशी गाउँपालिका, हेलम्बु गाउँपालिका, जुगल गाउँपालिका, लिसङ्खुपाखर गाउँपालिकाका केही क्षेत्रमा वैशाख २३ देखि वैशाख ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका बन्देउदेखि चौतारा सदरमुकाम जोड्ने सडकको चौतारा हुँदै स्याउले दायाँ बायाँ ५ सय मिटर, मेलम्ची र हेलम्बुको जिरो किलो हुँदै बाहुनेपाटी सिपाघाट, मेलम्ची सेरा हेलम्बुको किउल सडक खण्डको दायाँ बायाँ ६ सय मिटर निषेधाज्ञा गरिएको छ ।

चौतारा नगरपालिका वडा नम्बर ४, ५ र ९ वडाको सम्पूर्ण क्षेत्र, मेलम्ची ११ का सम्पूर्ण क्षेत्रहरु र बलेफीदेखि नौबिसे जलविरे ढाडे कात्तिके सडक खण्डको दायाँ बायाँ २ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र भोटेकोशी गाउँपालिकाको अरनिको राजमार्ग सिन्धुपाल्चोक खण्डको बन्देउदेखि खाडीचौर बाह्रबिसे हुँदै तातोपानी सम्मको दायाँ बायाँ ५ सय मिटर, सुनकोशी र लिसंखुपाखरको गाउँपालिकाको खाडिचौरदेखि ठूलोपाखर हुँदै मुडे सडक खण्डको सिन्धुपाल्चोक जिल्ला भित्र दायाँ बायाँ ५ सय मिटर खण्डमा निषेधाज्ञा जारी गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको