May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

पत्रकार महासंघ भवनभित्रै ५ बेडको आइसोलेशन सेन्टर तयार

  • 16
    Shares

कपिलवस्तु, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आफ्नै भवनभित्र ५ बेडको आइसोलेशन सेन्टर तयार पारेको छ ।

केन्द्रिय निर्देशन् बमोजिम लुम्बिनी प्रदेश समितिको पहलमा अक्सिजन, स्वास्थ्यकर्मी र औषधी सहितको आइसोलेसन सेन्टर तयार पारिएको नेपाल पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिएका छन् ।

यसका लागि तोलिहवा अस्पतालले आवश्यक स्वास्थ्य सामग्री औषधि र कपिलवस्तु नगरपालिकाले आर्थिक सहयोग गरेको उनले बताए ।

आइसोलेशन सेन्टर निर्माणकार्यमा नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी, प्रदेश सदस्य गोपाल भण्डारी, कपिलवस्तु कार्यसमितिका पदाधिकारी लगायतकाले सहयोग गरेको अध्यक्ष बज्राचार्यले बताएका छन् ।

यस्तै आइसोलेसनमा कोरोना संक्रमण भएका पत्रकारलाई प्राथमिकता दिइने तर खाली रहेको अवस्थामा अरु नागरिकका लागि आवश्यक भए शैय्या उपलब्ध गराइनेछ ।

शीर्ष समाचार

धेरै पढिएको