May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

महोत्तरीमा मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना संक्रमण

  • 8
    Shares

जलेश्वर, कोरोना संक्रमणबाट गत बुधबार मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लामा एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने अहिले गाउँभरी त्रास फैलिएको छ ।

स्थानीयवासीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरी नै त्रास फैलिएको हो ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०-७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको