May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

झापाको ब्रिकेट फ्याक्ट्रिमा आगालागी

  • 6
    Shares
file photo

झापा, झापाको मेचीनगर नगरपालिका १५ मिलकोटीमा रहेको ब्रिकेट कोइला फ्याक्ट्रिमा आगालागी भएको छ । विद्युत सर्ट भएर सोमबार बिहान ३ बजे आगलागी भएको हो ।

सशस्त्र प्रहरी, नेपालप्रहरी लगायत स्थानीयगाउँलेले आगो निभाउन हर प्रयास गरिरहेका छन् । तर आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

उक्त फ्याक्ट्री भित्र कोइला उत्पादनका कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधन समेत रहेकाले क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक नगरपालिकार कमलगाउँपालिकाको दमकलले बिहान ९ बजेसम्म पनि आगो निभाउने प्रयासरत रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको