
सिन्धुपाल्चोक – असार २४ गते बुधबार राति सिन्धुपाल्चोककाे बाह्रबिसे जम्बुमा आएकाे बाढी र पहिराेमा परि ज्यान गुरमाएका परिवारहरु लाई लिला राई फाउन्डेसन र ज्वाला संग्राैला द्वारा सहयाेग प्रदान गरिएको छ । लन्डनबाट लिला फाउन्डेसन जापानदेखि रु १ लाख १० हजार र समाजसेवी तथा लेखक ज्वाला संग्राैला जापानदेखि रु ५० हजार सुशीला थापा बाट रु २० हजार गरि जम्मा १ लाख ८० हजार रुपैयाँ आर्थिक सहयाेग प्रदान गरिएको हाे ।


उक्त सहयाेग रकम पिडित सामु गई असार २८ गते आइतबार उमेश जंङ कार्कीले हस्तान्तरण गरेका हुन् ।बुधबार राति जम्बु स्थित याल्माे खाेलामा ठुलाे बाढि र माथि खाेलाबाट पहिराे समेत आउदा जम्बु बजारकाे बस्तिनै बगाएको थियो बस्तिकाे २१ भन्दा बढि घर तथा अन्य टहराहरु, पक्कि पुल समेत बगाएको थियाे । उक्त दिनकाे बाढीले बाह्रबिसे नगरपालिकाकाे अन्य वडा हरुमा समेत क्षति पुर्याएकाे थियाे ।





