May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

दाङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

  • 1
    Share
file photo

दाङ, दाङमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दाङको बेलझुण्डी सघन कक्षमा उपचाररत दुईजना सङ्क्रमितको आज मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–  ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिएका छन् । 

तुलसीपुरका पुरुष हिजोबाट उक्त अस्पतालमा उपचाररत थिए । उनीको आज दिउँसो  पौने १ बजे मृत्यु भएको हो । त्यस्तै, घोराहीका पुरुष गत वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत  थिए । उनीको आज बिहान साढे ८ बजे मृत्यु भएको हो । 

शीर्ष समाचार

धेरै पढिएको