May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

अब नागरिकले सरकारी सेवा लाइनमा बसेर होइन, अनलाइनबाट लिनुपर्छ: मन्त्री गुरुङ

  • 37
    Shares
file photo

काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले परम्परागत ढंगबाट हुने सबैखाले सरकारी सेवाहरु प्रविधिमैत्री बनाउदै लैजानुपर्ने बताएका छन् ।

आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा मन्त्री गुरुङले देशैभरका सबै स्थानीय तहमा सञ्चार तथा प्रविधिको विस्तार गर्ने ढंगबाट सरकारको काम अगाडि बढेको बताएका हुन् ।

उनले देशको विकास तथा पूर्वाधार निर्माणको काम पनि प्रविधिमैत्री ढंगबाट अगाडि बढाउने र सञ्चार, सूचना तथा प्रविधि क्षेत्रको विस्तार, विकास तथा अनुगमनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशिका तयार भएको बताएका छन् ।

समृद्ध नेपाल, सुखी नेपालीको आधार, सूचना, सञ्चार तथा प्रविधिको विस्तार भन्ने नाराका साथ सञ्चार तथा प्रविधि क्षेत्रमा सरकारको काम अगाडि बढ्नुपर्ने बताउदै गुरुङले अब नागरिकले घण्टौंसम्म लाइन बसेर सरकारी सेवा लिने होइन, अनलाइनबाट पेपरलेस र फेसलेस प्रविधिबाट लिनुपर्ने बताए ।

शीर्ष समाचार

धेरै पढिएको