May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

निषेधाज्ञा आजबाट थप कडाइका साथ लागू हुने

  • 28
    Shares

काठमाडौं, उपत्यकामा जारी निषेधाज्ञा आजबाट थप कडाइ गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकामा कोभिड–१९ सङ्क्रमण भयावह बन्दै गएसँगै आजबाट निषेधाज्ञा थप कडाइका साथ लागू गरिने भएको हो ।

आजबाट जिल्ला प्रशासनले पत्रकारको सवारीमा समेत कडाइ गर्दै सूचना विभागको पास अनिवार्य गरिएको छ भने बैंक तथा वित्तीय संस्थालाई कम शाखा सञ्चालन गर्न भनिएको छ ।

त्यस्तै, सरकारी सवारी साधन बिदा र शनिबारको दिन पूर्णरुपमा निषेध गरिएको छ । कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट एकसातासम्म निषेधाज्ञा लगाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको