May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

पाल्पामा चट्याङले लागेर एकको मृत्यु, दुई जना घाइते

  • 14
    Shares

पाल्पा, पाल्पामा चट्याङले लागेर  एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

गएराति पाल्पा तिनाउँ गा.पा. १ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचईको घरमा चट्याङ पर्दा सोही स्थानका १६ बर्षका प्रेम बहादुर बगालेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनको उपचारको क्रममा लुम्बिनी मेडिकल केलेज प्रभावमा मृत्यु भएको हो ।

यस्तै, सोही स्थानकी १५  बर्षकी ईन्दिरा उचई र पाल्पा रैनादेवी छहरा गाउँपालिका ४ घर भई हाल तिनाउँ  गाउँपालिका  १ बर्ष १९ को रामु गाहा पनि घाईते भएको प्रहरीले जनाएको छ । हाल उनीहरुको  अवस्था सामान्य  रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको