May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

  • 9
    Shares

काठमाडौं, पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । खनाल निकट स्रोतका अनुसार उनलाई संक्रमण पुष्टि भएपछि शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

अक्सिजनको मात्र कम भएपछि खनाल नर्भिक अस्पतालमा भर्ना भएका छन् । हाल उनको अवस्था सामान्य भए पनि चिकित्सकले अक्सिजन र नुनको मात्रा कम भएको बताएको छ ।

खनालको नर्भिक अस्पतालको भीआईपी कक्षमा उपचार भइराखेको छ । यस्तै कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह र छोरी प्रेरणाकोसमेत नर्भिकमै उपचार भइराखेको छ ।  

शीर्ष समाचार

धेरै पढिएको