May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

दाङमा थप दुई कोरोना संक्रमितको मृत्यु

  • 9
    Shares
file photo

दाङ, कोरोना संक्रमणबाट दाङमा थप दुई जनाको मृत्यु भएको छ । गत २४ घण्टाको अवधिमा दंगीशरण गाँउपालिका र तुल्सीपुर उपमहानगरपालिकाका एक–एक जनाको मृत्यु भएकोे हो । 

बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार दंगीशरण गाँउपालिका वडा नम्बर १ का ६० वर्षीय पुरुषको कोरोनाको कारण शनिबार बिहान ४ बजे नेपलागञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय पुरुषको शुक्रबार बेलुका ५ बजेतिर नेपलागञ्ज मेडिकल कलेज  कोहलपुरमा मृत्यु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको