May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु

  • 3
    Shares
file photo


सिन्धुपाल्चोक, कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको शनिबार  धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ३७ वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठका अनुसार मुटुका रोगी उनलाई शुक्रबार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको थियो ।

श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट स्वासप्रश्वास गराइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको