May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

कैलालीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

  • 14
    Shares
file photo

कैलाली, कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालका अनुसार कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।

उनका अनुसार वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १ः०० बजे मृत्यु भएको हो । 

शीर्ष समाचार

धेरै पढिएको