May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

कोरोना तिव्र भएपछि २३ जिल्लामा निषेधाज्ञा लागू

  • 2
    Shares

काठमाडौं, कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि शुक्रबारबाट २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर, झापा, सुनसरी, पर्सामा निषेज्ञाधा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी चितवन, काभ्रे, मकवानपुर, कास्कीमा, बाग्लुङ, बाँके, रुपन्देही, पाल्पा, दाङमा पनि निषेधाज्ञा छ । बर्दियामा, सुर्खेत, सल्यान, पश्चिम रुकुम र जाजरकोट र कालिकोटमा पनि निषेधाज्ञा लागू गरिएको छ ।

त्यस्तै कैलाली, कञ्चनपुर र डडेल्धुरा, दार्चुलामा निषेधाज्ञा जारी गरिएको छ । तीन जिल्लामा मध्ये केहीमा आंंशिक र अधिकांशमा जिल्लाजिल्लाभर निषेधाज्ञाको गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको