May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

“स्पुतनिक–भी” तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न प्रधानमन्त्रीको आग्रह

  • 1
    Share
file photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिनेबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालका लागि रूसका राजदूत अलेक्सेई
नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त आग्रह गरेका हुन् ।

यस्तै राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको