May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

नारायणी अस्पतालमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु

  • 3
    Shares

विरगञ्ज, वीरगञ्जको नारायणी अस्पतालमा थप तीन कोरोना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासका अनुसार श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृत्यु भएको छ भने बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे मृत्यु भएको हो ।

नगवा निवासी महिलामा निमोनियालगायत रोगको लक्षण देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गराइएको र उनको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो । छपकैया निवासी महिलालाई वैशाख १४ गते अस्पताल भर्ना गरी सोही पिसिआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको