May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार

  • 8
    Shares
file photo

काठमाडौं, कोरोना सङ्क्रमण भई अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको हाल प्लाज्मा थेरापीबाट उपचार भैरहेको छ । बिहिवार साँझदेखि उनलाई यो विधिबाट उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको हो ।

श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि उनलाई आईसीयूमा सारिएको थियो । आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

सोही अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । हाल उनलाई अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको