May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

  • 2
    Shares
file photo

बाँके, बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार गराईरहेका थप आठ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार उनिहरुको मृत्यु गए राती ९ बजेदेखि विहिबार विहान ८ बजे भित्र भएको हो ।

गएराती ८ः५५ बजे नेपालगञ्ज १३ का ५८ वर्षिय पुरुष संक्रमितको मेडिकल कलेजमा मृत्यु भएको थियो भने त्यसको ठीक ५ मिनेट पछि कोहलपुर ११ निवासी ४३ वर्षिया महिलाको पनि मेडिकल कलेजमै र नेपालगञ्ज ४ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ ।

यसैगरी नेपालगञ्ज ९ का ४२ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराती १० बजे मृत्यु भएको तथा बर्दिया, बढैयाताल गाउँपालिका ८ का ३२ वर्षीय पुरुषको मेडिकल कलेजमा राती १ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।

यस्तै नेपालगञ्ज ५ निवासी ५५ वर्षीय पुरुषको विहिबार विहान ५ बजे मेडिकल कलेजमा, लम्की चुहा नगरपालिका १ कैलालीका ४३ बर्षिय पुरुषको विहिबार विहान ७ः५० बजे तथा खजुरा गाउँपालिका २ का ६७ वर्षिया महिलाको विहिबार विहान ८ बजे भेरी अस्पतालमा मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

शीर्ष समाचार

धेरै पढिएको