May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

पूर्व रानी कोमल शाह आईसीयूमा

  • 5
    Shares

काठमाडौं, कोरोना संक्रमण पुष्टि भएपछि  अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । अस्पतालका अनुसार शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको हो ।

‘शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । अहिले शाहलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनको हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।

शीर्ष समाचार

धेरै पढिएको