May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

सार्वजनिक यातायातलाई मात्र रोक्नुु सरकारको विभेदकारी निर्णय: यातायात व्यवसायी

  • 41
    Shares

काठमाडौं, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आजबाट सुरु भएको निषेधाज्ञामा हवाई सेवा सञ्चालन गरेर सार्वजनिक यातायातलाई मात्र रोक्नुु सरकारको विभेदकारी निर्णय भएको जनाएको छ ।

महासङ्घले बुुधबार विज्ञप्ति जारी गरी हवाई सेवा सञ्चालन गर्ने तर सार्वजनिक यातायातलाई मात्र रोकेर कोरोना नियन्त्रण हुन नसक्ने दाबी गरेको हो ।

हवाई सेवा सञ्चालन गर्ने हो भने सार्वजनिक यातायातलाई पनि स्वास्थ्य मापदण्ड लागू गरेर सञ्चालन गर्न दिनुुपर्ने महासङ्घका महासचिव सरोज सिटौलाको भनाइ छ ।

उनले भने, “गाडीबाट कोरोना फैलिने हवाई यातायातबाट नफैलिने भन्ने कुरा होइन । सरकारको निर्णय नै विभेदकारी भयो, यस्ता निर्णयले कारोना रोकथाम हुुनसक्छ भनेर हामी कसरी विश्वस्त हुने ? यो त सार्वजनिक यातायातमाथिको विभेद हो । ”

शीर्ष समाचार

धेरै पढिएको