May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

पर्सामा एकैदिन थपिए १६९ जना कोरोना सङ्क्रमित

  • 6
    Shares

पर्सा, पर्सामा एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको डा दासले बताए ।

उनले कोरोना सङ्क्रमणको दोस्रो भेरियन्टमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताए । योसँगै पर्सामा सङ्क्रमितको कुल सङ्ख्या चार हजार ३१७ पुगेको छ । 

शीर्ष समाचार

धेरै पढिएको