May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

बिपी प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

  • 5
    Shares
file photo

काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो ।

विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलका अनुसार उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए । वृद्धलाई यही वैशाख ९ गते अस्पताल भर्ना गरिएको थियो । उनी पनि उच्च रक्तचापको बिरामी रहेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको