May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

अक्सिजन सिलिन्डर आयातमा सहुलियतसहित सहजीकरण गर्न माग

  • 21
    Shares

काठमाडौं, अक्सिजन उत्पादक कम्पनीका सञ्चालकले कोरोना संक्रमण दिनहुँ तिव्र गतिमा बढ्दै गए आवश्यक पर्ने अक्सिजनको आपूर्ति प्रणालीमा समस्या आउने भन्दै तत्काल सिलिन्डर आयातमा सरकारी सहजीकरणको माग गरेका छन् ।

मारुती अक्सिजन उद्योगका सञ्चालक शङ्करला अग्रवालका अनुसार फलामे वस्तुमा एक वर्षयता विश्वव्यापी मूल्य वृद्धि भएका कारण सिलिन्डरसमेत महँगो भएको छ । यस्तो समयमा सरकारले पैठारीमा १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तःशुल्क र भ्याट तोकेर बस्नु गलत हुने उद्योगी अग्रवालको भनाइ छ ।

नेपालमै अक्सिजन उत्पादन हुने भए पनि भर्नका लागि आवश्यक पर्ने सिलिन्डर भारत र चीनबाट आयात हुने गरेकाले तत्काल आवश्यक पर्दा समस्या नहुने गरी समयमै सिलिन्डर आयातमा सहजीकरणको माग गरेका हुन् ।

सामान्य अवस्थामै अस्पताल र व्यक्तिले घरमा होल्ड गरेका सिलिन्डरका कारण अभाव देखिन थालिसकेको उनीहरूको दाबी छ । अक्सिजन सिलिन्डर अभाव हुनसक्ने सङ्केत देखापरेको भन्दै उनीहरूले आयातमा भन्सार सहुलियतसहित सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको