May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

नयाँ बसपार्कमा घर जाने यात्रुको भीड बढ्यो

  • 19
    Shares
file photo

काठमाडौं, काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्या बढेको हो ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैबाट नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो । लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो छ ।

शीर्ष समाचार

धेरै पढिएको