April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

बाँकेमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

file photo

बाँके, कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचाररत एक जना २८ वर्षिय युवकसहित अन्य दुई जनाको विहिबार राती र शुक्रवार बिहान मृत्यु भएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बनगाड ३ सल्यानका ५६ वर्षिय पुरुष र बाँके जानकी १ की ७१ वर्षिया महिलाको विहिबार राती र बाँके बैजनाथ ६ का २८ वर्षिय युवकको शुक्रबार विहान मृत्यु भएको बताएका छन् ।

उनीहरु तीनै जनाको मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भैरहेकोमा अवस्था विग्रदैं गएपछि मृत्यु भएको फोकल पर्सन ओलीले बताए । उनीहरुलाई संक्रमण पुष्टि भएलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

हाल बाँकेमा दिनहुँँ ३०० भन्दा बढी संक्रमित थपिने गरेको छ । यस्तै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार अहिले जिल्लाका कोभिड वार्डमा विरामी राख्ने बेड र ठाउँकोसमेत अभाव छ ।

शीर्ष समाचार

धेरै पढिएको