December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

मोटरसाइकल र टिपर आपसमा ठोक्किदा एकको मृत्यु, सिन्धुपाल्चोकका नेपाली पक्राउ

भक्तपुर, भक्तपुरमा मोटरसाइकल र टिपर आपसमा ठोक्किदा बिहीबार एक जनाको मृत्यु भएको छ । पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नं को मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।    

सानो ठिमी प्रहरी प्रभाग अगाडि भएको उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएकामा मोटरसाइकल पछाडि सवार कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार दुर्घटनामा घाइते मोटरसाइकल चालक दाङ लालमठिया–५ बस्ने २४ वर्षीय उमेश चौधरीको न्युरो अस्पताल बाँसबारी काठमाडौँ उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त टिपरका चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भई हाल सानो ठिमी बस्ने ३१ वर्षीय राजन नेपालीलाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी स्रोतले बताएको छ ।    

शीर्ष समाचार

धेरै पढिएको