November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

बाँके, बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका कोरोना स्रोत व्यक्ति तेज वलीका अनुसार
शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१७ बाँके निवासी ८६ वर्षीय सङ्क्रमितको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

यहीँ वैशाख ७ गते गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ । जिल्लामा आजमात्रै २०४ नयाँ सङ्क्रमित थपिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको