November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द

file photo

म्यादी, बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी-जोमसोम–कोरला सडक आयोजनाले यहीँ वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो ।

आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवका अनुसार बिहान ६:३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६:३० बजेसम्म सडक बन्द गरिएको हो ।

यसअघि गत चैत १४ देखि १९ गतेसम्म काभ्रेभिर र कैकुखोला क्षेत्रमा पूर्णरूपमा सवारी आवतजावत बन्द गरेर सडक निर्माण गरिएको थियो । सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चल्नेछन् ।

बेनी-जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज नम्बर २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा-गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको