December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस मनाइँदै

काठमाडौं, कम्युनिष्ट नेताहरुले आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउँदैछन् । ७२ वर्षअघि आजकै दिन भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र अन्य संस्थापक नेताहरुमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र मोतिदेवी श्रेष्ठले कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पूँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको