May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

अख्तियारलाई अब स्टिङ अपरेसन नगर्न सर्वोच्चले दियो आदेश

  • 14
    Shares

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ । सर्वोच्च अदालतले आज स्टिङ अपरेसनबारे परेको रिटमा निवेदकले माग गरेबमोजिम आदेश गरेको हो ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले दिएको निवेदनमा अख्तियारको स्टिङ अपरेसन खारेज गर्न माग गरिएको थियो ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले बुधबार यस्तो आदेश गरेको हो ।

उनले भने, ‘निवेदनकले माग गरेबमोजिमको फैसला आएको छ, फैसलाको पूर्णपाठ आइनसकेकाले यससम्बन्धी सबै जानकारी दिन सकिएन ।’

शीर्ष समाचार

धेरै पढिएको