December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

दाङमा आगलागीबाट छ वटा घरगोठ जलेर नष्ट, पीडित घरबारविहीन

file photo

दाङ, दाङमा आगलागीबाट छ वटा घरगोठ जलेर नष्ट भएको छ । वडाध्यक्ष केशवराज आचार्यका अनुसार।घोराही उपमहानगरपालिका–२ चाक्लीघाटमा चार घर परिवारको छ वटा घरगोठ जलेर नष्ट भएको हो ।

स्थानीय धनबहादुर वलीको गोठबाट शुरु भएको आगलागीले रत्नबहादुर वलीको घर, गोठ र पाँच वटा खसी जलेको छ । त्यस्तै कली वलीको घर, गोठ, सुन्दर वलीको घर, गोठसहित १० वटा खसीबाख्रा र एउटा गोरु जलेको वडाध्यक्ष आचार्यले जानकारी दिएका छन् ।

आगलागीको खास कारण भने खुल्न नसकेको उनको भनाइ छ । आगलागीले घरगोठमा रहेका सबै सामान जल्दा पीडित घरबारविहीन भएका छन् । अग्नी पीडित आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

यस्तै उनीहरुका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा राहत स्वरुप लिएर भोलि जाने वडाध्यक्ष आचार्यले बताएका छन् । स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको