December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

मकवानपुरमा एकैदिन १३ मुद्दा फैसला

मकवानपुर, जिल्ला अदालत मकवानपुरले मङ्गलबार एकै दिन १३ मुद्दा फैसला गरेको छ । हिजोका लागि इजलासमा २८ मुद्दाका पेशी तोकिएको थियो भने अदालतले १५ मुद्दामा आदेश जारी गरेको छ ।

न्यायाधीश डिल्लीरत्न श्रेष्ठका इजलासमा मुद्दाका पेशी तोकिएकामा तीनको फैसला भएको तथा तीनमा आदेश जारी भएको छ । यस्तै न्यायाधीश कमलराज विष्टका इजलासमा आठ मुद्दाका पेशी तोकिएकामा पाँचको फैसला भएको तथा तीनमा आदेश जारी भएको हो ।

यसै गरी न्यायाधीश मनोज श्रेष्ठका इजलासमा सात मुद्दाका पेशी तोकिएकामा एकको फैसला भएको तथा छ मुद्दाको आदेश जारी भएको थियो ।

जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार न्यायाधीश सीता शर्मा अधिकारीका इजलासमा सात पेशी तोकिएकामा चार फैसला भएको तथा तीन आदेश जारी भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको