December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा

काठमाडौं, सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । नियमित पेसीमा चढे पनि धेरै मुद्दाहरु त्यसभन्दा माथि रहेकाले आज सुनुवाइ हुने वा नहुने निश्चित छैन ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

यसअघि पटक-पटक सुनुवाइको पेसी तोकिएको उक्त मुद्दा आज सर्वोच्च अदालतको नियमित पेसीमा राखिएको छ ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको