December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

नेपाल प्रेस ईन्स्टिच्युटद्वारा पत्रकारलाई दुई महिने तालिम प्रदान

काठमाडौं, नेपाल प्रेस इन्ष्टिच्युटले ५० भन्दा बढी कर्णाली प्रदेश र अन्य क्षेत्रका कार्यरत पत्रकारलाई ८० घण्टे “भर्चुअल” आधारभूत पत्रकारिता तालिम प्रदान गरेको छ ।

प्रेस काउन्सिल नेपालको आयोजनामा गत फागुन १७ गतेदेखि निरन्तर दुई महिनासम्म सञ्चालन गरिएको उक्त तालिम यहीँ बैशाख १० गते शुक्रबार समापन गरिँदैछ । कार्यक्रमको संयोजन तथा प्रशिक्षण नेपाल प्रेस इन्स्टिच्युटका तालिम संयोजक कपिल काफ्लेले गरेका हुन् ।

कर्णालीका उच्च हिमाली जिल्लाका पत्रकारलाई पहिलो प्राथमिकता दिएर मिडिया विकास कोषबाट कार्यक्रम सञ्चालन गरिएको सो पत्रकारिता तालिममा विभिन्न जिल्लाका पत्रकारहरुको सहभागीता रहेको छ ।

यसैगरी काउन्सिलका वरिष्ठ प्रकाशकीय अधिकृत (प्रवक्ता) दीपक खनालले पनि उक्त तालिममा प्रशिक्षण गरेका थिए भने कार्यक्रमको अतिथिका रुपमा उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहरा र वरिष्ठ पत्रकार तिर्थ कोइरालाले पत्रकारलाई आवश्यक पर्ने सम्पुर्ण जानकारी दिएका थिए ।

गुगल मिट एप्लिकेसनमार्फत सुरु गरिएको यस तालिमको सुरुवाती चरणमा ६० देखि ६५ जना पत्रकारको उपस्थिति रहे पनि कार्यक्रम समापनको समयमा आइपुग्दा ३८ जनाको सक्रिय सहभागिता रहेको छ । सहभागिताका लागि भने देशैभरका ८० जना पत्रकारले आवेदन दिएका थिए ।

यस्तै कार्यक्रम समापनछि काउन्सिलले सुरुदेखि अन्तिमसम्म तालिममा सहभागी भएका पत्रकारलाई प्रमाणपत्र हस्तान्तरण गर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको