April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नेपालगञ्जमा आजबाट वैशाख १५ गतेसम्म लकडाउन

नेपालगञ्ज, बाँकेको नेपालगञ्जमा आजबाट वैशाख १५ गतेसम्म लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि बुधबार मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन लगाउने निर्णय गरिएको हो ।

बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नु परेको उनले बताएका छन् ।

कोरोना संक्रमणको फैलावट तोड्न र कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्नु परेको गेलालको भनाइ छ । लकडाउनभर अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको