December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

कोरोना सङ्क्रमणको उच्च जोखिममा कञ्चनपुर

कञ्चनपुर, भारतमा कोरोना महामारी भयावह रुपमा फैलिएसँगै त्यहाँका शहरहरुमा बन्दाबन्दी गरिएको छ । नेपालबाट रोजगारीका लागि भारत गएका व्यक्तिहरु फर्कनेको संख्या दिनहुँ बढेसँगै कञ्चनपुर कोरोना सङ्क्रमणको उच्च जोखिममा परेको छ ।

भारतबाट फर्किएकामध्ये अधिकांशमा कोरोना भाइरस सङ्क्रमण देखा परेको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मङ्गलबार मात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको छ ।

यस्तै त्रिनगर (डोकेबजार) सीमा नाका भएर भारतबाट फर्केका ७१० मध्ये ४८९ जनाको एन्टिजेन परीक्षण गरिएकामा ६६ को परीक्षण नजिता पोजेटिभ आएको छ । कञ्चनपुरमा हालसम्म चार हजार ६४० जनाको एन्टिजेन परीक्षण गरिएकामा पोजेटिभको स¬ङ्ख्या ३११ रहेको छ ।

एन्टिजेन परीक्षणमा सक्रिय सङ्क्रमित २२८ छन् । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आएका तीन हजार ६९४ को एन्टिजेन परीक्षण गरिएकामा १६५ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताएका छन् ।

उनका अनुसार महाकाली अस्पतालको आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ३० छ । आइसिएच आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ५४ छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको