December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

नेपालमा काेराेनाकाे संख्या अत्यधिक रुपले बढ्दो एकैदिन १७ सए ३६ संक्रमित थपिए

काठमाडौं,बैशाख ७ गते- नेपालमा काेराेना संक्रमितको संख्या दिनकाे दाेब्बरका दरले बढ्न थालेकाे छ। साेमबार १२ सय २७ जना संक्रमित रहेका थिए, गएकाे २ दिन अघि ८ सय चानचुन संक्रमित थिए भने त्यसकाे २ दिनमै दाेब्बार भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेकाे जानकारी अनुसार गएकाे २४ घण्टामा १ हजार ७३६ जना काेराेना संक्रमित भएका छन् जसमध्ये आरटीपीसीआर बाट १६६८ र एन्टीजेनबाट ६९ जना काेराेना संक्रमित फेला परेका हुन् । याे सँगै नेपालमा २ लाख ८७ हजार ५६७ जना काेराेना संक्रमित भएका छन् ।

त्यसैगरी २ लाख ७५ हजार ८०६ जना डिस्चार्ज भैसकेका छन् । हाल सम्म नेपालमा काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या भने ३ हजार १०२ जना पुगेकाे छ सजमध्य मंगलबार थप ३ जनाकाे मृत्यु भएको हाे ।

शीर्ष समाचार

धेरै पढिएको