April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

पर्सामा भारतबाट फर्किएका एक कोरोना संक्रमित पुरुषको मृत्यु

file photo

पर्सा, कोरोना सङ्क्रमणबाट पर्सामा थप एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी बयोधा अस्पतालमा आज बिहान १२ः४५ बजे उपचारका क्रमम मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार भारतबाट फर्किएलगत्तै बिरामी भएका पुरुषलाई उपचारका लागि गत चैत २९ गते अस्पताल भर्ना गरिएको थियो र सोही दिन उनको आरडिटी पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

उनले श्वाप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट मृतक ग्रस्त रहेको बताएका छन् । योसँगै पर्सामा कोरोनाबाट मृत्यु भएको सङ्ख्या ५८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको