December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

तपाईंको आजको राशिफल: वैशाख ७ गते, मंगलबार

काठमाडौं, आज मिति २०७८ वैशाख ७ गते मंगलबार, इस्वीसंवत अप्रिल २० तारिक सन् २०२१ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ३७ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ३१ मिनेटमा हुनेछ । आज चैते दशैं पर्व ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमा नै अवरुद्ध हुँन सक्छन्, ध्यान दिनुहोला ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । व्यापार व्यवसायमा लगानिी बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन । भने सोचे जस्तो आम्दानि नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ ।

कर्कट : आज कर्कट राशिका लागि आज पनि समय निकै महत्वपूर्ण छ । आफन्त तथ मावलि पक्षको सहयोग पाईने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ ।

सिंह : सिंह राशि भएकाहरुका लागि आज पनि समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानिबाट नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्ला ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय राम्रै छ । विभिन्न अवसरहरु आउने हुदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुँन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट बिश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ ।

धनु : धनु राशिका लागि आज पनि समय राम्रै रहने छैन । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ ।

कुम्भ : कुम्भ राशिका लागि आज पनि दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुँन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दु:खी बनाउनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको