December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

आज चैते दसैँ, दुर्गा भवानीको उपासना गरी मनाइँदै

काठमाडौं, आज चैते दसैँ दुर्गा भवानीको उपासना गरी मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन छ ।

आज अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार कोरोना सङ्क्रमणबाट बच्न राजगुठीअन्तर्गतका सबै देवस्थल र भगवती मन्दिरमा सरकारले भनेअनुसारको सङ्ख्यामा मात्र भक्तजनलाई व्यवस्थित प्रवेश गराइने छ ।

हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिएर दशैँघरमा अर्चना गर्ने परम्परा छ । चैते दशैँका दिन नै जमलस्थित तीनधारा पाकशाला परिसरबाट सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को रथयात्रा सुरु हुँदैछ ।

शीर्ष समाचार

धेरै पढिएको