November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

साढे २४ लाखसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

मोरङ कानेपोखरी गाउँपालिका ७ का ३३ वर्षीय चूडामणि बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्याग चेकिङ गर्नेक्रममा स्रोत नखुलेको नगदसहित फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ । हाल यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको