December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

यस्तो छ आगामी तीन दिनको मौसम पुर्वानुमान

काठमाडौं, हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह
पछि मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

मंगलबार
देशको सुदूरपश्चिम प्रदेश, कर्णाली तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ​, हावाहुरी, असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बुधबार
देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको